समाचार

आजको मौसम



काठमाडौँ, २४ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले देशभर आंशिकदेखी सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही वाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौँमा आज विहानको तापक्रम ७ डिग्री सेल्सियस रहेको छ । दिउँसो १८–२० डिग्री सेल्सियस पुग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।