समाचार

चट्याङ्ग लागेर एक जनाको मृत्यु



रुकुम पश्चिम, २४ माघ । रुकुम पश्चिममा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ ।

गएराति मुसीकोट नगरपालिका ६, गवारीका अन्दाजी ४२ वर्षीय भीमबहादुर बोहराको चट्याङ्ग लागेर घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ्ग लागेका बोहराको घरमै ज्यान गएको बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।