काठमाडौँ, २५ माघ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले बदली भएको मौसममा आजदेखि सुधार आउने भएको छ । आजदेखि मौसम सफा हुने भएको छ ।
पश्चिमी वायुको प्रभावले शनिबार देशैभरको मौसममा बदली भएको थियो । देशका केही स्थानमा हिमपातसमेत भयो । काठमाडौं आसपासका उच्च भेगमा समेत हिमपात भएको थियो ।
त्यस्तै काठमाडौं उपत्यकाको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस रहेको छ ।










प्रतिक्रिया दिनुहोस्