काठमाडौँ, २६ माघ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गर्नुपर्ने उपकरणको काम प्रभावित भएको छ । उपकरण जडानका लागि समयमा विदेशी विज्ञसहितको टोली नेपाल आइनपुग्दा उक्त काम प्रभावित भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कोभिड १९ का कारण चीन, थाइल्याण्ड, अमेरिका, अष्ट्रिया, युकेलगायत मुलुकबाट विज्ञसहितको टोली आइनपुग्दा उपकरण जडानसम्बन्धी काम अलपत्र परेको हो । यो जडान गत अक्टुबर महिनामै सम्पन्न गर्नुपर्ने पूर्वनिर्धारित तालिका थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्