काठमाडौँ, २६ माघ । सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाले दायर गरेको संवैधानिक निकायका पदाधिकारी नियुक्ति बदरको मागसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सापकोटाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत ११ वटा आयोगमा नियुक्त भएकालाई काम गर्नबाट रोक्न अन्तरिम आदेश माग गरेका थिए । सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संवैधानिक आयोगमा नियुक्त भएका पदाधिकारीको काम कारबाही रोक्न अस्वीकार गरेको हो । सर्वोच्चले अन्तरिम आदेशमार्फत काम रोक्न अस्वीकार गरेसँगै संवैधानिक निकायमा नियुक्त भएका सबैलाई काम गर्न सहज बाटो खुलेको छ ।
सापकोटाले दिएको रिटको प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश ढुंगानाको एकल इजलासले नियुक्त गर्नुको कारण देखाउ आदेश जारी गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्