काठमाडौँ, २६ माघ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आँशिक बदली रहे पनि बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ ।
आज राति भने सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको बताएको छ । तराईका भू–भागहरुमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै आज विहान काठमाडौँको आज न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको छ । दिउँसो काठमाडौंको तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौँको मौसम सफा रहने छ ।










प्रतिक्रिया दिनुहोस्