राजनीति

सबै स्थानीय तहमा पक्की सडक



काठमाडौँ, २७ माघ । आउँदो तीन वर्षभित्र मुलुकका  सबै  स्थानीय  तहको  केन्द्रसम्म  पक्की सडक पु¥याइने भएको छ । सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा अगाडि सारेको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत तीन वर्षभित्र मुलुकभरिका सबै स्थानीय तहसम्म कालोपत्रे सडक निर्माण गर्ने  कार्यक्रम  अगाडि  बढाएको  हो  ।

सरकारको पन्ध्रौँ पञ्चवर्षीय आयोजनाअन्तर्गत यो कार्यक्रम सूचीकृत गरिएको छ ।स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहट्टाले अहिलेसम्म एउटा पनि पक्की बाटोले नजोडिएका स्थानीय तहको केन्द्रसम्म  अबको  तीन  वर्षभित्र  कालोपत्रे  सडक निर्माण कार्यक्रम अगाडि बढाइएको जानकारी  दिए  ।

यस  कार्यक्रमलाई  तीव्रता  दिन  सातवटै  प्रदेशमा  स्थानीय  पूर्वाधार  विकास  आयोजना  कार्यालय  स्थापना भइसकेको उनले बताए । कार्यक्रम  अगाडि  बढाउन  सरकारले  प्रादेशिक  एवं  स्थानीय  सडक  निर्माण  तथा  सुधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ पारितसमेत गरिसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।