समाचार

विद्यालयबाट फर्कँदै गरेकी छात्रालाई चक्कु देखाएर बलात्कारको प्रयास



काठमाडौँ, २८ माघ । विद्यालयबाट फर्कँदै गरेकी एक १५ वर्षीया छात्रामाथि बाँकेमा बलात्कारको प्रयास भएको छ। नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्ने छात्रा घर फर्कंदै गर्दा स्थानीय युवाले बलात्कारको प्रयास गरेका हुन् ।

आफूसँग नगए चक्कु देखाएर मार्ने धम्की दिँदै नेपालगन्ज बसपार्कस्थित एक होटलमा लगेर बलात्कारको प्रयास गरेकोपीडित परिवारले जनाएको छ । केही बोलिस् भने तँलाई मारिदिन्छु। चुप लागेर मसँग हिड् भन्दै होटलसम्म लग्यो। बलात्कार गर्न नसकेपछि ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेको हो’, आफन्तले भने ।

उनका अनुसार मुख, ओठ र घाँटीमा जुत्ता र मुड्की प्रहार भएको छ। घटनाको ४ दिनसम्म पनि मुखमा जुत्ताको डाँम नै थियो। डोरीले घाँटी कसेर, नाक, कान र मुख नाकबाट रगत आएपछिअचेत अवस्थामा मर्‍यो भनेर केटा भागेको छ । घटना माघ १६ गतेको हो । तीन दिनअघि छात्राकी आमाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि मात्र घटना सार्वजनिक भएको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।