राजनीति

प्रचण्ड-माधव समूह भारतका बफादार एजेन्टहरुबाट परिचालित: भारतीय झण्डा बोकेर विरोध प्रदर्शन



काठमाडौँ, २८ माघ । भारतका बफादार एजेन्टहरुबाट परिचालित प्रचण्ड-माधव समूहले भारतीय झण्डा बोकेर विरोध प्रदर्शन गरेका छन ।

काठमाडौँमा आयोजना गरेको विरोध प्रदर्शनमा उक्त समूहले भारतीय झण्डा बोकेर प्रधानमन्त्री केपी ओली विरुद्ध नारा लगाउदै हिडेको पाईएको छ ।

योबाट प्रचण्ड-माधव भारतका बफादार एजेन्टहरुबाट परिचालित रहेको प्रस्ट देखिन्छ । प्रचण्ड-माधव समूहले नेपालमा आफ्नो कार्यकर्ता नभएर बिशाल जनता देखाउनका लागी भारतबाट ल्याएर विरोध प्रदर्शनमा सहभागी गराएका छन ।

अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा जारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीबिरोधी अभियान थालेका प्रचण्ड माधव समुहले आफ्नो जुलुसभामा भारतीय झण्डा राखेर आफूहरु भारतको कठपुतली रहेको प्रमाण दिएको हो ।