काठमाडौँ, २८ माघ । विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन सम्बद्ध निकायलाई निर्देशन दिएकी छन् ।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउनुपर्नेमा जोड दिएकी हुन् ।
‘जनताप्रति उत्तरदायी शासकीय अभ्यासले मुलुकको विकासलाई टेवा पुर्याउने हुँदा सम्बद्ध सबैले आफ्नो दायित्वप्रति इमान्दार र प्रतिबद्ध हुनुपर्दछ । भ्रष्टाचार नियन्त्रणका लागि सबैको साझा प्रतिबद्धता र सत्प्रयासले नै मुलुकलाई सुशासन र समृद्धिको दिशामा अगाडि बढाउनेमा म विश्वस्त छु’, राष्ट्रपति भण्डारीले भनिन् । भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन नसके राज्यका स्रोतहरु दुरुपयोग भई राज्यप्रणाली नै असफल हुनेतर्फ सचेत गराउँदै राष्ट्रपति भण्डारीले भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम गर्न सम्बद्ध सबै क्षेत्र अग्रसर हुनुपर्ने बताइन् । ‘अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने र गराउनेलाई समयमै पहिचान गरी उचित दण्ड दिन सकेमात्रै सुशासन कायम हुनसक्नेछ’, राष्ट्रपति भण्डारको भनाइ थियो ।










प्रतिक्रिया दिनुहोस्