Banner News

रामकुमारी झाँक्री पक्राउ: राज्यविरुद्धको कसुर



काठमाडौँ, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतृ रामकुमारी झाँक्रीलाई अपराध महाखाशाको प्रहरी टोलीले पक्राउ गरेको छ ।

आज शंखमुल स्थित झाँक्रीको घरबाट नै प्रहरीले पक्राउ गरेको छ । पार्टीभित्रको आपसी विवाद भएपछि पछिल्लो समय झाँक्रीले राष्ट्रपति तथा प्रधानमन्त्रीविरुद्ध अनैतिक गतिविधि सञ्चालन गरिरहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

झाँक्रीले राष्ट्रपतिको मान मर्यादा तथा व्यक्तिगत इज्जतलाई समेत धावा बोलेपछि पक्राउ गरिएको हो । प्रहरीले झाँक्रीलाई आफै उपस्थित हुन आधिकारीक जानकारी गराए पनि सम्पर्कमा नआएपछि प्रहरीले झाँक्रीको घरबाट पक्राउ गरेको हो ।

उनले भनेकी थिइन्- राष्ट्रपतिका कुरा त के गर्नु र ! बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु । शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ । चाबहिल हो कि कता घर छ रे । त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ ।

मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो । ‘मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ,’ उनले भनेकी थिइन् ।