राजनीति

प्रतिनिधिसभा विघटन: प्रधानमन्त्रीका तर्फबाट बहस सकियो



काठमाडौँ, २९ माघ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानमन्त्रीका तर्फको बहस सकिएको छ ।

गत माघ १९ बाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस सुरु गरेका थिए । प्रधानमन्त्रीका तर्फबाट अन्तिम दिन बिहीबार कानुन व्यवासायीहरु बाबुराम दाहाल, धर्मराज रेग्मी, पंकज कर्ण, बोलाराम पाण्डे, रामचन्द्र गौतम, विष्णुमाया भुषाल र भगवती पाण्डेले बहस गर्नुभएको थियो ।

त्यसपछि प्रधानमन्त्रीकै तर्फबाट कानुन ब्यवसायीहरुका तर्फबाट अन्य वरिष्ठ अधिवक्ताहरु डा. शुरेन्द्र भण्डारी, रमेश गुरागाईं, अधिवक्ता रमेश बडाल, ईश्वरी भट्टराई, सिपी रेग्मी, हेमा बस्नेत, रवि शर्मा खनाल, अनन्त लुइँटेल, मुकुन्द अधिकारी, भोजराज आचार्य, शान्तिदेवी खनाल, माधव कुमार बस्नेत, अन्जन न्यौपाने, विजय मिश्र, सुधा धिताल, कृष्ण कुमार आङदेम्बे, सुशील पन्त, विष्णु भट्टराई, टंक दुलाल, बालकृष्ण न्यौपाने, माधव बाँस्कोटा, शोभा कार्की, भुपाल बस्नेत, टिकाबहादुर कुँवरले बहस गर्नुभएको थियो ।

प्रधानमन्त्रीका तर्फका वकिलहरुको बहस सकिएलगत्तै सभामुख अग्निप्रसाद सापकोटा तर्फका अधिवक्ताहरुको बहस सुरु भएको छ । सभामुख सापाकोटका तर्फबाट अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस सुरु गरेका हुन् । संसद विघटन विरुद्धको मुद्दामा सभामुख सापकोटालाई पनि विपक्षी बनाइएको थियो ।