समाचार

आजको मौसम पूर्वानुमान



काठमाडौँ, ३० माघ । हाल सुदूरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बांकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

काठमाडौँको आजको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो काठमाडौँको मौसम सफा रहने र तापक्रम २० डिग्री सेल्सियससम्म रहने जनाइएको छ ।