काठमाडौँ, ३० माघ । जनता समाजवादी पार्टीका नेता तथा संविधानसभा सदस्य इस्लाम हवारी नेकपामा प्रवेश गरेका छन् ।
आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले हवारीलाई आफ्नो समूहमा प्रवेश गराएका हुन् ।

पूर्व माओवादी नेता समेत रहेका हवारी नेकपा प्रदेश–२ का अध्यक्ष तथा शहरी विकास मन्त्री प्रभु साहको पहलमा नेकपामा प्रवेश गरेका हुन । पार्टी प्रवेश गरेपछि हवारीले देशलाई सही दिशा दिन सक्ने नेतृत्वलाई चयन गरेको बताए ।










प्रतिक्रिया दिनुहोस्