काठमाडौँ, ३० माघ । नेपाली कांग्रेसले भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न घटनाको अनुसन्धान तीव्र बनाउन माग गरेको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुकबार एक विज्ञप्ती निकाल्दै सरकारलाई अनुसन्धान तिब्र बनाई दोषी अविलम्ब पक्राउ गर्न माग गर्नुभएको हो ।
‘भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद् र गम्भीर रूपमा लिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अतः अनुसन्धान तीव्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन नेपाली कांग्रेस प्रधानमन्त्री समक्ष माग गर्दछ ।’










प्रतिक्रिया दिनुहोस्