राजनीति

सरकारले ६ वटा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने (सूचीसहित)



काठमाडौँ, १ फागुन । सरकारले छ वटा नयाँ औद्योगिक क्षेत्र निर्माणलाई तीव्रता दिएको छ ।

प्रस्तावित  छ  औद्योगिक  क्षेत्रको  जग्गा  प्राप्ति, विस्तृत  परियोजना  प्रतिवेदन  (डीपीआर)  र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको जानकारी  दिँदै  औद्योगिक क्षेत्र व्यस्थापन लिमिटेडका अध्यक्ष  तथा  महाप्रबन्धक  नन्दकिशोर  बस्नेतले  भने, “शिलान्यास गर्नुभन्दा अघिका सबै तयारी सकिए ।

कञ्चनपुरको   दैजीछेला   (सुदरपश्चिम),   बाँकेको नौबस्ता  र  रुपन्देहीको  मोतीपुर  (लुम्बिनी), चितवनको शक्तिखोर  र  मकवानपुरको  मयूरधाप  (बागमती)  तथा झापाको दमक (प्रदेश १) औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले २०७२ चैतमा निर्णय गरेको थियो । हरेक   प्रदेशमा औद्योगिक   क्षेत्र स्थापना   गर्ने नीतिअनुसार  सरकारले  १५  नयाँ  औद्योगिक  क्षेत्र  प्रस्ताव गरेको छ ।

तीमध्ये  सरकारले  नयाँ  छवटा  औद्योगिक  क्षेत्र घोषणा  गरी  निर्माण  अगाडि  बढाएको  हो । चालू आर्थिक वर्षको  बजेट  वक्तव्यमा  सबै  प्रदेशमा  कम्तीमा  एक औद्योगिक  क्षेत्र‚ थापना  गर्न बजेट विनियोजन  गरिएको छ ।  यी  प्रस्तावित  छ वटा औद्योगिक  क्षेत्रको  निर्माण  पाँच वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।