समाचार

आजको मौसम



काठमाडौँ, २ फागुन । पश्चिमी वायुको प्रभावले हाल देशका केही स्थानमा सामान्यदेखि आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशभर दिनैभरि बादल र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ । आज देशैभर बादल लाग्ने र घाम लागिहाले पनि पातलो लाग्नेछ ।

 त्यस्तै आज बादल लागे पनि देशभर तत्काल वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । कतै–कतै क्षणिक फाट्टफुट्ट वर्षा भने हुनसक्ने छ । आज बिहानको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको छ ।