काठमाडौँ, २ फागुन । ट्राफिक प्रहरीले मोटर साइकल चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने धादिङ गजुरीका धनबहादुर तामाङ, धादिङ थाक्रेका इन्द्र तामाङ, ऋषिलाल तामाङ र मकवानपुरका निरस थिङलाई पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दुई वटा मोटर साइकल चोरेको आरोपमा चार जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए ।महाशाखाले चालू आवमा उपत्यकामा मोटर साइकल चोरी गर्ने ३९ व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाई सकेको छ ।










प्रतिक्रिया दिनुहोस्