राजनीति

सरकारले गरेका ‘तीन वर्षका प्रमुख उपलब्धिहरू’ सार्वजनिक हुँदै



काठमाडौँ, ३ फागुन । सरकार गठन भएको तीन वर्ष आज पुरा हुँदैछ । सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीन वर्षमा गरेका प्रमुख उपलब्धीहरु सार्वजनिक गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले आज ११ बजे सिहदरबारका तीन मोहडा (उत्तर, पूर्व र दक्षिण)को पुनर्निमाण सम्पन्न भएकोमा समुद्घाटन गर्नुहुनेछ । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विनाशकारी भूकम्प आउनुपूर्वको अवस्थामा अब सिहदरबार मुख्य भवनबाट संचालन हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको आजै तीन बर्ष पुगेको अवसरमा त्यहींबाट ‘तीन वर्षका प्रमुख उपलब्धिहरू’को बारेमा प्रेस ब्रिफिङ गर्नुहुने कार्यक्रम रहेको बताइएको छ ।