अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ,  ३ फागुन । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सयले घटेर ९० हजार ७ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।