Banner News

थप १२२ जनामा कोरोना संक्रमण, १ सय ४४ जना डिस्चार्ज



काठमाडौँ, ३ फागुन । थप १ सय २२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७२ हजार ८ सय ४० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८१ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १ सय ४४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६९ हजार २ सय ४ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या २ हजार ५५ जना पुगेको छ ।