अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ५ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ११ सयले घटेर ८९ हजार ८ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेर तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।