काठमाडौँ, ६ फागुन । हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश २ र प्रदेश ३ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आजराति प्रदेश १ मा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ । आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेन्टिग्रेड रहेको छ । दिउँसो तापक्रम बढेर २२–२४ डिग्रीसम्म पुग्ने सम्भावना छ ।
काठमाडौँमा आज दिउँसो पानी पर्ने सम्भावना रहेको छ । दिउँसो १ बजेपछि मौसममा बदली भएर मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्