समाचार

खुकुरी प्रहार गरी श्रीमतीको हत्या



दोलखा, ८ फागुन । दोलखामा आफ्नै श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।

आज बिहान दोलखाको कालिन्चोक गाउँपालिका ६, लापिलाङमा २७ वर्षीय हिमाल थामीले आफ्नै श्रीमती सुनिता थामीको हत्या गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्दा श्रीमतीको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरी फरार हुन खोजेका हिमाललाई जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको टोलीले सुनखानीबाट पक्राउ गरीथप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।