Banner News

१० लाख डोज ‘कोभिशिल्ड’ खोप काठमाडौँ आइपुग्यो



काठमाडौँ, ९ फागुन । कोभिड–१९ विरुद्धको १० लाख डोज  ‘कोभिशिल्ड’ खोप काठमाडौँ आइपुगेको छ ।

भारतको नयाँ दिल्लीबाट एयर इन्डिया विमानमार्फत  १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो  ।

यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप नेपाल आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।