डडेल्धुरा, १० फागुन । डडेल्धुरामा कक्षा २ मा पढ्ने १० वर्षीयाा बालिकालाई आफ्नै शिक्षकले बलात्कार गरेको बताइएको छ ।
गन्यापधुरा गाउँपालिका– ४ स्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत बालिकालाई बलात्कार गरेको आरोपमा ४७ वर्षीय ती शिक्षकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको जानकारी दिए । मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने उनले बताए ।










प्रतिक्रिया दिनुहोस्