राजनीति

प्रधानमन्त्री ओलीद्वारा नेकपा स्थायी कमिटीको बैठक आव्हान



काठमाडौँ, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठक आज बस्दै छ ।

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो । ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । मंगलबार सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापनाको फैसला गरेको थियो ।