समाचार

ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु



मकवानपुर, १३ फागुन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ ।

आज बिहान ना ६ ख ४०४४ नम्बरको ट्रकले ठक्कर दिँदा ना १ ह ३४०८ नम्बरको टेम्पो चालक हेटौंडा-११ थानाभर्‍याङका ३६ वषर्ीय खेमलाल श्रेष्ठको मृत्यु भएको हो । चुरेहिलल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।