काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पुष ५ गते अपरान्ह साढे तीन बजे दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी नेकपाकी सांसद माया ज्ञवाली ओली पक्षमा खुलेपछि प्रचण्ड–माधव पक्षमा फेरी ठुलो झट्का लागेको छ ।
अविश्वासको प्रस्ताव पुरानो भएको भन्दै उनले आफू प्रचण्ड–माधव पक्षमा नरहेको घोषणा गरेकी हुन । ज्ञवाली पुनःस्थापित प्रतिनिधिसभामा समानुपातिक सांसद हुन । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये ९० जनामा उनको पनि नाम थियो ।
‘म केपी ओली नेतृत्वको पार्टीमा छु र पार्टी एकता होस् भनेर वामदेव गौतम कमरेडलाई पनि साथ दिएकी हुँ । संसदमा भोलि के प्रस्ताव आउँछन् त्यो फरक कुरा हो, तर म पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पक्षमा छु अहिले’, उनले भनिन ।










प्रतिक्रिया दिनुहोस्