समाचार

स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु



सुर्खेत, १५ फागुन । स्कारपियो गाडीको ठक्करबाट एक जनाको सुर्खेतमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरको टेम्पुपार्क स्थित कर्णाली राजमार्गमा बाङगेसिमलबाट एरिचोकतर्फ जाँदै गरेको नम्बर नखुलेको (सेतो कलरको स्कारपियो डबल क्याप) ले ठक्कर दिँदा नामथर वतन नखुलेको बर्ष अन्दाजी ५०(५५ को पुरुषको मृत्यु भएको छ ।

ठक्कर दिइ घाईते भएका पुरूषको उपचारको लागि कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा घाइतेको मृत्यु भएको हो । मृतकको आफन्तजनहरु हालसम्म सम्पर्कमा कोही नआएको  र शव चिन्नुहुने आफन्तजनहरु सनाखतको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ ।