राजनीति

नेपालमै उत्पादन भएको हाइड्रोजनले सवारीसाधन चलाइने



काठमाडौँ, १६ फागुन । नेपालमा दुई वर्षभित्र यही उत्पादित हाइड्रोजनले  सवारी  साधन  चलाएर  देखाउने  गरी  नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालय आवश्यक गृहकार्यमा जुटेका छन् ।

यसका  लागि  कार्यक्रम  सञ्चालन  गर्ने  गरी  निगम  र विश्वविद्यालयबीच सम्झौतासमेत भएको छ ।केयूका उपकुलपति प्राध्यापक  डा.  भोला  थापाका  अनुसार  हाइड्रोजन  उत्पादन  तथा व्यावसायीकरणका लागि यो कार्यक्रमले नयाँ आयाम थप्नेछ । कार्यक्रम नीतिगत, पूर्वाधार र प्रदर्शनात्मक कार्यक्रम गरी तीन क्षेत्रमा केन्द्रित गर्न खोजिएको छ । विश्वविद्यालयले हाइड्रोजन उत्पादन तथा व्यापारका लागि सरकार तथा निगमले गर्नुपर्ने नितीगत परिमार्जन तथा स्वीकार्यताका विषयमा अध्ययन  गरी  प्रतिवेदन  बुझाउनेछ ।

हाइड्रोजन  उत्पादनमा प्रयुक्त  प्रविधिलाई  नेपाल  भित्र्याउने र  त्यो  प्रविधिलाई  नेपालको अवस्थाअनुसार  स्वीकार्यता  सिर्जना  गर्न  रूपान्तरण  गर्नेसम्मको योजना  यसमा  बनाइएको  छ । नेपालमा  हालसम्म  हाइड्रोजनको व्यावसायिक उपयोगिता सुरु भइसकेको छैनन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।