Banner News

राष्ट्रपतिद्वारा फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान



काठमाडौँ, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राष्ट्रपति ण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।