Banner News

देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन: प्रम ओली



पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको र हरेक परिस्थितिको सामना गर्ने बताएका छन् ।

आज पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष ओलीले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे ।

उनले भने, ‘म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’ सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला ।’