काठमाडौँ, १८ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्धारा समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिनुभयो ।
विप्लव समूहको तर्फबाट पनि पनि वार्ता समिति बनाउने भएको छ । सम्भवतः समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा समिति बन्ने स्रोतले बतायो ।










प्रतिक्रिया दिनुहोस्