राजनीति

वार्ता समिति गठन सकारात्मक : नेपाली कांग्रेस



काठमाडौँ, १९ फागुन । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहले वार्तामार्फत समस्या समाधान गर्नका लागि छुट्टाछुट्टै वार्ता समिति गठन गर्नुलाई नेपाली कांग्रेसले सकारात्मक भनेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गरी सबै समस्याको समाधान वार्ता, सम्वादबाट गर्नु पर्ने मान्यतामा कांग्रेस दृढ रहेको भन्दै दुवै पक्षलाई  इमान्दारपूर्वक वार्ताबाट समाधानमा पुग्न उसले आग्रह समेत गरेको छ ।