समाचार

आजको मौसम



काठमाडौँ, १९ फागुन । सक्रिय पश्चिमी वायु बाहिरिएसँगै हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार  देशभर मौसम सामान्यतया सफा छ । आज देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

देशको पहाडी भू-भागहरुको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशभर तापक्रममा वृद्धि देखिएको छ । दिपायलको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस पुगेको छ भने नेपालगञ्जको २९ डिग्रीसम्म पुगेको छ । भैरहवा, धरान, विराटनगरमा पनि अधिकतम तापक्रम ३० डिग्रीसम्म सेल्सियस पुगेको छ । काठमाडौँको अधिकतम तापक्रम २५.४ डिग्री सेल्सियससम्म पुगेको छ ।