रामेछाप, १९ फागुन । रामेछापमा सार्वजनिक गाडी चालकले खुट्टामा जुत्ता नलगाइ चप्पल लगाए ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ ।
गाडी चालकले खुट्टामा जुत्ता नलगाइ चप्पल लगाएर गाडी चलाउँदा धेरै दुर्घटना हुने भएकोले ट्राफिक प्रहरीले यस्तो अभियान चलाउने भएको हो । चप्पल लगाएर गाडी चलाउँदा खुट्टामा आएको पसिनाले चिप्लिएर गाडीको ब्रेक नलाग्ने र ब्रेक लगाउन खोज्दा ब्रेकमा नै चप्पल अड्किने र गाडी दुर्घटना हुने भएकाले यसलाई रोक्न ट्राफिक प्रहरीले यो अभियान सुरु गर्ने भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका अनुसार अब जिल्लामा चल्ने साना तथा ठूला सवारीसाधनका चालकहरूले अनिवार्य खुट्टामा जुत्ता लगाउनुपर्नेछ । जाँचका क्रममा जुत्ता नलगाइ गाडी चलाएको भेटिएमा आवश्यक कारबाही गरिनेछ ।










प्रतिक्रिया दिनुहोस्