राजनीति

कांग्रेस संसदीय दलको बैठक बोलाइयो



काठमाडौँ, १९ फागुन । नेपाली कांग्रेसले शुक्रबारका लागी संसदीय दलको बैठक बोलाएको छ ।

मुख्य सचेतक बालकृष्ण खाँडका अनुसार फागुन २३ गतेदेखि शुरू हुने संसद अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न फागुन २१ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

यसैबीच नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक फागुन २२ गते बोलाउने तयारी थालिएको छ । संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न बैठक माग भएपछि सभापति देउवाले फागुन २२ गते शनिबार बैठक बोलाउने तयारी गरेका हुन् । फागुन २३ गतेका लागि संसदको बैठक बोलाइएको छ ।