काठमाडौँ, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक विवादले छताछुल्ल भइरहेको समयमा पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहले भ्रमको खेतीलाई व्यापकता दिएको छ । प्रचण्ड माधव समूहले प्रतिनिधिसभाको संसदीय दलमा ९२ जना सांसद रहेको भनि सूची सार्वजनिक गरेको छ ।
जसमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ११ जना सांसदहरु आफ्नो पक्षको लिस्टमा नाम राखी विवादीत तथा भ्रामक कार्य गरेको तथ्य खुल्न आएको छ । प्रचण्ड माधव पक्षले आफ्नो पक्षका सांसदहरु एक पछि अर्को गर्दै साथ छोड्न थालेपछि अत्तालिएर भ्रमको खेती गरिरहेको पाइएको छ । उनीहरुले एक सयभन्दा बढी सांसदहरु आफ्नो पक्षमा रहेको भन्दै दावी गर्न थालेका छन् । तर उक्त कुरा झुट हो भन्ने आफै प्रष्ट समेत पारेको छ ।
प्रचण्ड माधव समूहमा ९२ जना सांसद भए प्रधानमन्त्री ओलीविरुद्ध संसदमा पेश गरेको अविश्वासको प्रस्तावलाई फिर्ता लिने तयारी समेत गरेका छन् । आफ्नो पक्षले मात्र प्रधानमन्त्री ओलीलाई असफल वनाउन नसकेपछि प्रधानमन्त्रीको पद बाँढ्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत गुहार माग्न पुगेका छन् । यसबाट के प्रष्ट हुन्छ भने माधव–प्रचण्ड समूहमा संसदीय दलमा अल्पमतमा रहेको प्रष्ट हुन्छ । संसदीय दलमा बहुमत भए प्रधानमन्त्री ओलीलाई दलको नेताबाट हटाई प्रधानमन्त्रीको पद लत्याउन सक्थे । तर अल्पमतमा भएकै कारण दलको नेताबाट हटाउन नसक्ने भएपछि कांग्रेस तथा जनता समाजवादी (जसपा)को पाउमा माधव–प्रचण्ड पुगेका छन् ।
जनताको बहुदलीय जनवादलाई आफ्नो सिद्धान्तको रुपमा मान्ने पक्षलाई आफ्नो समर्थन हुने भनि लालबाबु पण्डित, गंगा चौधरीलगायतका सांसदहरुको समेत आफ्नो लिष्टमा माधव–प्रचण्ड राखी नाम सार्वजनिक गरेको पाइएको छ । जबजलाई आफ्नो मार्गदर्शनको रुपमा मान्ने पक्ष प्राधनमन्त्री ओली पक्ष रहेको छ । प्रचण्ड–माधव पक्षले भने जबजलाई नमान्ने उद्घोष गरी सकेका छन् । त्यस्तै सांसद गोपाल बमले १६ गते आफु प्रचण्ड माधव पक्षमा नै रहेको विग्यप्ति निकाले पनि १६ गते पछि पुनः ओली पक्षमा नै आएको बताईएको छ ।
प्रचण्ड माधव पक्षले निकालेको ९२ सांसदहरु,
१) योगेशकुमार भट्टराई (२) झलनाथ खनाल (३) पवित्रा निरैला खरेल (४) जयबहादुर राई (५) यज्ञराज सुनुवार (६) लालबाबु पण्डित (७) भवानिप्रसाद खापुङ (८) डा पुष्पाकुमारी कर्ण (९) कल्याणी खड्का (१०) समिना हुसेन (११) सरलाकुमारी यादव (१२) रघुबिर माहासेठ (१३) रेखाकुमारी झा (१४) गणेशकुमार पहाडी (१५) बिरोध खतिवडा (१६) सुरेन्द्रप्रसाद पाण्डे (१७) कृष्णभक्त पोखरेल (१८) माधवकुमार नेपाल (१९) जीवनराम श्रेष्ठ (२०) कृष्णलाल महर्जन (२१) मुकुन्द न्यौपाने (२२) कलिला खातुन (२३) प्रेमप्रसाद तुलाचन (२४) सुरेन्द्रकुमार कार्की (२५) सुदन किराँती (२६) अमनलाल मोदि (२७) शिबकुमार मण्डल (२८) हेमकुमार राई (२९) सुरेशकुमार राई (३०) धर्मशिला चापागाईं (३१) रामकुमारी चौधरी (३२) सुरेशचन्द्र दास (३३) मातृकाप्रसाद यादव (३४) गिरिराजमणी पोखरेल (३५) रामेश्वर राय यादव (३६) इन्दुकुमारी शर्मा (३७) बोधमाया कुमारी यादव (३८) दिलुकुमारी (३९) चादतारा कुमारी (४०) श्यामकुमार श्रेष्ठ (४१) हरिबोल गजुरेल (४२) हितबहादुर तामाङ (४३) पम्फा भुषाल (४४) गङगाबहादुर तामाङ (४५) पुष्पकमल दाहाल प्रचण्ड (४६) शशी श्रेष्ठ (४७) अन्जना बिसुङ्खे (४८) हरिराज अधिकारी (४९) देवप्रसाद गुरुङ (५०) देबेन्द्र पैडेल (५१) सोमप्रसाद पाण्डे (५२) गोकर्णराज बिष्ट (५३) घनश्याम भुषाल (५४) मेटमणी चौधरी (५५) हिराचन्द्र केसी (५६) गङ्गा चौधरी (५७) बृजेशकुमार गुप्ता (५८) माया न्यौपाने (५९) तुलसी थापा (६० ) धुर्बकुमार शाही (६१) गोपालबहादुर बम (६२) राजबहादुर बुढा (६३) पार्बतीकुमारी बिशुखे (६४) धनबहादुर बुढा (६५) दिपकप्रकाश भट्ट (६६) भिमबहादुर रावल (६७) झपटबहादुर रावल (६८) निरादेबी जैरी (६९) लक्ष्मी चौधरी (७०) बिनादेवी बुढाथोकी (७१) यसोदा गुरुङ सुवेदी (७२) अमृता थापा (७३) चुडामणी खड्का (७४) दुर्गाकुमारी विश्वकर्मा (७५) चक्रमणी खनाल (७६) कमला रोका (७७) वर्षमान पुन (७८) कृष्णबहादुर महरा (७९) महेश्वरजंग गहतराज (८०) सन्तोषकुमार थारु (८१) जयपुरी घर्ती (८२) ओनसरी घर्ती (८३) रेखा शर्मा (८४) पुर्णकुमारी सुवेदी (८५) टेकबहादुर महत (८६) दुर्गाबहादुर रावत (८७) विष्णु शर्मा (८८) शक्तिबहादुर बस्नेत (८९) जनार्दन शर्मा (९०) सत्या पहाडी (९१) बिना मगर (९२) रामकुमारी झाँक्री
दाहाल-नेपालले ओली पक्षका ११ जना सांसदको नाम आफ्नो लिष्टमा राखेका ११ जना सांसदहरु
१) लालबाबु पण्डित २) रेखा झा ३) प्रेम प्र तुलाचन ४) गंगा चौधरी ५) बृजेश कुमार गुप्ता ६) माया न्यौपाने ७) तुलसी थापा ८) गोपाल बम ९) धन ब बुढा १०) बिष्णु शर्मा ११) रघुबीर महासेठ










प्रतिक्रिया दिनुहोस्