Banner News

जो भए पनि काँग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो: सभापति देउवा



काठमाडौँ, २० फागुन । नेपाली काँग्रेसका शीर्ष नेतृत्व  तहमा  सरकारमा  जाने  नजाने  विषयमा मत बाझिएको छ । पार्टी सभापति शेरबहादुर  देउवाले  अवसर  पाए  सरकारको  नेतृत्व गर्ने अभिमत दिइरहँदा वरिष्ठ नेता रामचन्द्र  पौडेलले  भने  काँग्रेसलाई  जनादेश  प्रतिपक्षकै  रहेकाले  सरकारमा  जान  नहुने बताएका छन् ।

पूर्व सांसद एकनाथ रानाभाटको बुधबार परेको  दसौँ  स्मृति  दिवसमा  आयोजित  श्रद्धाञ्जलि सभामा सभापति देउवाले काँग्रेस जिम्मेवारीबाट नभाग्ने स्पष्ट पारे । “मरिहत्ते गर्दै  खोजिँदैन  ।  प्रधानमन्त्री नै चाहिने लोभ पनि छैन । अवसर पाए छाडिँदैन । भाग्ने पनि हैन होला”,  उनको  स्पष्ट  भनाइ थियो, “मुलुकलाई  कसै  न  कसैले  अगाडि  बढाउनुपर्छ  ।  अहिलेको  अवस्थामा  अवसर पाए काँग्रेसले नेतृत्व  गरेर अगाडि बढ्नुपर्छ । प्रधानमन्त्री पाउँ पनि भनेको छैन ।”

आयो भने भाग्नेवाला छैन । त्यसको फाइदा पार्टीलाई नै होला । म प्रधानमन्त्री भएँ  भने  पक्कै रामचन्द्रजी  पनि  खुसी  हुनुहोला”,  वरिष्ठ  नेता रामचन्द्र पौडेलप्रति लक्षित गर्दै देउवाले भने,  “जो भए  पनि  काँग्रेसकै  मान्छे  प्रधानमन्त्री हुने हो । यसमा रामचन्द्रजीले सानो चित्त गर्नुहुन्न होला ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।