समाचार

थप १२० जनामा कोरोना संक्रमण, ८३ जना डिस्चार्ज



काठमाडौँ, २१ फागुन । थप १ सय २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ८ सय ३२ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ८३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७० हजार ७ सय ६६ जना रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या ३ हजार १० जना पुगेको छ ।