Banner News

संसद सचिवालयद्वारा प्रम ओलीको पक्षमा निर्णय



काठमाडौँ, २३ फागुन । संघीय संसद सचिवालयले नेकपा कानुनी रुपमा विभाजन नभएको जनाएको छ । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेकपा राजनीतिक रुपमा विभाजित भएपनि कानुन एउटै भएकाले आजको बैठकमा दुवै नेकपाका सांसदहरु सत्ता पक्षकै ुरोुमा बस्ने गरी व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

नेकपा संसदीय दलका प्रमुख सचेतक दुई जना भएकोबारे पत्रहरू आएपनि को प्रमुख सचेतक भनेर सचिवालयले छुट्याउने नसक्ने बताउनुभयो । उहाँले सचिवालयले दलको विवाद निरुपण गर्न नसक्ने भन्दै सहजीकरणको भूमिका मात्रै निभाउने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यी सवै कुराको समाधान निर्वाचन आयोगले समाधान गर्छ भन्ने अपेक्षा गर्छौँ । सत्तारुढ दलको कानुन त एउटै छ भनेर हामीले अहिलेसम्म बुझेका छौ ।’

त्यस्तै संघीय संसद सचिवालयले सम्भावित कार्यसूची परिवर्तन हुनसक्ने पनि जनाएको छ । सचिवालयले शनिबार हिजो जारी गरेको सम्भावित कार्यसूचीमा राष्ट्रपतिले पठाएको पत्र, शोक प्रस्ताव र केही अध्यादेश पेश गर्ने कार्यसूची रहेको जनाएको थियो ।