समाचार

भ्यान र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु



विराटनगर, २३ फागुन । मोरङको सुन्दरहरैंचामा भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किदा  दुई जनाको मृत्यु भएको छ ।

शनिबार राति काठमाडौंबाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको बा४ख ६९६ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश२–०२–००१प ३८७८ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त घटनामा काठमाडौंका २८ वर्षीय गणेश थापा र मोरङको बेलबारीका १८ वर्षीय उत्सव गिरी घाइते भएका छन् ।

भ्यानमा सवार घाइते दुई जनाको विराट नर्सिङहोममा उपचार भइरहेको प्रहरीले जनाएको छ । भ्यानमा सवार १२ यात्रु सकुशल छन् । मादक पदार्थ सेवन गरेर सवारी चलाएको कारण दुर्घटना भएको प्रारम्भि अनुसन्धानबाट खुल्न आएको मोरङ प्रहरीले जनाएको छ ।