Banner News

थप ८९ जनामा कोरोना संक्रमण, ४२ जना डिस्चार्ज



काठमाडौँ, २४ फागुन । थप ८९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय १० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ८ सय ७२ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ४२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७० हजार ९ सय २७ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३ हजार ११ जना पुगेको छ ।