Banner News

धुम्बाराहीमा एमालेको साइनबोर्ड राखियो



काठमाडौँ, २५ फागुन । आज बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा एमालेको सानबोर्ड राखिएको छ ।

एमाले कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार सर्वोच्चको आदेश कार्यान्वयनका लागि आजदेखि पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरेको हो ।

उनले भने, ‘मुख्यालयमा नाम परिर्वतन भयो अब जिल्लास्तरमा पनि पूर्ववत् एमालेको कार्यालय भएको भवनमै कार्यालय रहन्छ ।’

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्युँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका हुन् ।