काठमाडौँ, २६ फागुन । नेकपा एमालेका नेता सुवास नेम्बाङले असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गर्ने बताएका छन् ।
आज प्रतिनिधिसभाको बैठकबाट बाहिरिँदै नेता नेम्बाङले असन्तुष्ट भएर पार्टीबाट बाहिरिएका साथी पुनः फर्किएको भन्दै उनीहरूलाई सम्मानजनक व्यवहार हुने दाबी गरेका हुन् ।
उनले सरकार गठनका लागि जसपासँग निरन्तर छलफलमा रहेको रहेको बताउदै उनले भने, ‘हामी जसपाका साथीहरूसँग निरन्तर छलफलमा छौ। उहाँहरूको मागको विषयमा सरकार सकारात्मक छ, ‘अहिलेनै सत्ता साझेदारको विषयमा भने कुरा भइसकेको छैन ।’










प्रतिक्रिया दिनुहोस्