Banner News

थप १०४ जनामा कोरोना संक्रमण, ६३ जना डिस्चार्ज



काठमाडौँ, २६ फागुन । थप १ सय ४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार ९ सय ७३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ९ सय ११ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७१ हजार ५० जना रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या ३ हजार १२ जना पुगेको छ ।