Banner News

नेकपा एमाले तोक्यो सातै प्रदेशको इन्चार्ज



काठमाडौँ, २८ फागुन । रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।

आज बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वत: केन्द्रीय सदस्य भएका छन् । योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै बैठकले सातै प्रदेशको इन्चार्ज तोकेको छ ।

प्रदेश १ : सुवास नेम्वाङ

प्रदेश २ : सत्यनारायण मण्डल

बागमति : रामबहादुर थापा

गण्डकी : पृथ्विसुब्बा गुरुङ

लुम्बिनी : शंकर पोखरेल

कर्णाली : यमलाल कण्डेल

सु. पश्चिम : लेखराज भट्ट

साथै एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।