काठमाडौँ, २९ फागुन । नेकपा एमालेकी नेतृ तथा प्रतिनिधिसभाको सचेतक शान्ता चौधरीले वरिष्ठ नेता माधवकुमार नेपाल घातक खेलाडीको साथमा रहेको बताउनुभएको छ ।
आज सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै नेतृ चौधरीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जालझेलमा वरिष्ठ नेता नेपाल फसेको उल्लेख गर्नुभयो । प्रचण्डले माधवलाई खेतालाको रुपमा मात्र प्रयोग गरेको उल्लेख गर्दै नेतृ चौधरीले प्रचण्डलेको एमाले प्रतिको गतिविधि तथा अभिव्यक्तिले माधवलाई दिन प्रतिदिन समस्या उत्पन्न हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कतै कमरेड प्रचण्ड आफु पनि सकिने र अरुलाई पनि सकाई दिने तर्फ उन्मुख हुनुभएको त होइन । आदरणीय कमरेड माधव नेपाल तपाईं जोसँग सहकार्य गर्नु भएको छ, वहाँ तपाईंको राजनीतिक भविष्यको सहयोगी हुँदै होईन, तपाइँ चै जाल झेलमा फस्नु भयो कि जस्तो लागेको छ, तपाई घातक खेलाडीको साथमा हुनु हुन्छ, जुन कुरा तपाईंलाई हामीले बारम्बार सुझाएका छौँ । कमरेड प्रचण्डको तपाइँलाई आफ्नो खेताला जसरी गर्नुभएको प्रस्तुतिले शंका बढाउने र तपाईंलाई झन् । समस्यामा पार्ने अवस्था बन्दै जानेछ । एमाले माथि एस्तो धावा बोल्दा किन चुप बस्नु हुन्छ ।’










प्रतिक्रिया दिनुहोस्