ललितपुर, २ चैत । ललितपुरको नख्खुदोबाटोमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
गएराति ना २ ख ७५८३ नम्बरको कन्टेनरले प्रदेश नम्बर ३-०२-०१८ प ८३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्की घर भएर ललितपुरको बागडोल बस्ने ३७ वर्षका गणेशप्रसाद अधिकारीको मृत्य भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि बसेका ललितपुर शोभाहिटीका ३२ वर्षका रवि श्रेष्ठ घाइते भएका छन । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । कन्टेनर चालकलाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्